सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ०७ पुस २०८२

टि–२० विश्वकप तयारी : २४ खेलाडीको नाम सार्वजनिक

https://jawaaf.com/storage/01KD1TQR9PX4PC3MH1XBAGVETS.jpg

काठमाडौं । भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते  सम्म आयोजना हुने आइसिसी टि–२० विश्वकपको तयारीका लागि नेपालले आजबाट औपचारिक अभ्यास सुरु गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि राष्ट्रिय टोलीमा रहेका तथा नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को प्रदर्शनका आधारमा छनोट गर्दै रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरि, गुलशन झा, नन्दन यादव, आरिफ सेख, सन्दीप लामिछाने, ललित राजवंशी, सोमपाल कामी, लोकेस बम, आदील अन्सारी, कारण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिष जीसी, बसिर अहमद र रुपेस कुमार सिंह गरी २४ खेलाडीलाई प्रशिक्षण क्याम्पमा बोलाएको हो ।

नेपालले समूह चरणका सबै खेल भारतको मुम्बईमा खेल्नेछ । समूहमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् । नेपालले माघ २५ गते इङ्ल्यान्डविरुद्ध खेल्दै टि–२० विश्वकप यात्रा सुरु गर्नेछ ।

सम्बन्धित खबर

/frontend/images/redline.png