बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०८ जेठ २०८१

सुनको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो

https://jawaaf.com/storage/01HYCVQD1YN2KF4RFXPNYBYR16.jpg

काठमाडौँ  I स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ । 
यस्तै तेजाबी सुन सोमबार तोलामा रु एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । 

चाँदीको मूल्य पनि तोलामा रु ५५ ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य रु एक हजार आठ सय ८५ छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png