स्नुकर प्रतियोगिता जेठ १९ गते देखि
काठमाडौँ I नेपाल विलियर्डस स्नुकर तथा पुल सङ्घको आयोजनामा पहिलो काठमाडौँ स्नुकर च्याम्पियनसिप–२०२४ को आयोजना हुने भएको छ । यही जेठ १९ देखि २९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न १६ क्लबका दुई सय ५६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष सरोजकुमार मुलमीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले नेपालमा स्नुकर खेलको विकास र विस्तारका लागि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले रु दुई लाख ५१ हजार प्राप्त गर्नेछन् । त्यसैगरी पहिलो रनरअप खेलाडीले रु एक लाख पाउने छन् भने सेमिफाइनमा पुग्ने खेलाडीले रु ५० हजार पाउने छन् । त्यसैगरी क्वाटर फाइनलमा पुग्ने खेलाडीले रु १० हजार तथा प्रि क्वाटर फाइनलमा पुग्ने खेलाडीले रु पाँच हजार पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी चयन हुने खेलाडी र उत्कृष्ट राइजिङ खेलाडीले जनही रु १५ हजार पाउने छन् ।
सम्बन्धित खबर