शनिबार, ३० जेठ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २५ जेठ २०८३

एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै

https://jawaaf.com/storage/01KTJFQ2CBXJ38ES1KWP5E3BVD.jpg

काठमाडौं । एसियन गेम्स छनोटको फाइनल खेलमा आज (सोमबार) नेपाल र हङकङ भिड्दै छ । नेपाली समय अनुसार आज दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । हिजो भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो । 

सेमिफाइनलमा खेलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्यको नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएका थिए । यस्तै ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाए । बलिङतर्फ ओमानका समिर ओथामनले २ विकेट लिए ।

ओमानका लागि कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८, जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन बनाएका थिए । 

सम्बन्धित खबर

/frontend/images/redline.png