बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १२ जेठ २०८१

हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु

https://jawaaf.com/storage/01HYPXGJVKGEYN373BT5J5CFSE.jpg

मकवानपुर, १२ जेठः मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।   
  
सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको र मृतक पुरुषको शव हेटौँडा अस्पतालमा राखिएको छ ।   
  
उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।   

सम्बन्धित खबर

/frontend/images/redline.png