मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १२ जेठ २०८१

जनता समाजवादी पार्टीको सुनसरी जिल्ला समिति गठन

https://jawaaf.com/storage/01HZ8ERG5W0WXSWQAAXVEX26GS.jpg

१२ जेष्ठ,धरान । जनता समाजवादी पार्टी (जसपा) को सुनसरी जिल्ला समिति गठन भएको छ । आज धरान १० स्थित यलम्बर स्मृति सङ्ग्रहालयमा आयोजित भेलाले रविन राईको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति गठन गरेको हो । नयाँ समितिको उपाध्यक्षमा यलमहाङ्ग राई चयन भएका छन् भने सचिवमा गुन्जमान माझी छन् । यस्तै, सह-सचिवमा सुमन राई र लक्ष्मी राई चुनिएका छन् । कोषाध्यक्षमा भने दुर्गा गुरुङ चयनभएकाछन् । उनी बराहक्षेत्र नगरपालिकाको कार्यपालिका सदस्य पनि हुन । यसै गरी सदस्यहरूमा जयमान साम्पाङ, सुरेन्द्र कुमार राजधामी,मनि राई, मनोज प्रधान, खगेन्द्र राई, सरन राई,मदन तामाङ्ग,हरि राई,  रमेश राई, गणेश राई,खड्ग बहादुर राई,  नवराज बान्तावा, अमित चन्द्रवंशी, धनराज राई, फुलमाया घिमिरे र अर्जुन राई चयन भएका छन् । 


उपेन्द्र यादवको पार्टी जसपा नेपालबाट अलग भएर अशोक राईको अध्यक्षतामा नयाँ दल गठन भएपछि सुनसरी जिल्लामा सो पार्टीको जिल्ला कार्य समिति गठन भएको हो । 


जसपाका केन्द्रीय उपाध्यक्ष रनध्वज कन्दङ्वाको प्रमुख आतिथ्ययता र १ न. प्रदेश पूर्व स्वास्थ्य मन्त्रि तथा मा. निर्मला तावा लिम्बूको विशेष अतिथिमा आयोजित कार्यक्रममा प्रदेश १ समितिका पूर्व सचिव दुर्गा सुवेदी, किरात राष्ट्रिय समितिको उपाध्यक्ष विना पुमा, सदस्य केदार सोनाहाङ्ग लगायतको पनि उपस्थिति रहेको थियो । 


राम माण्डुपा राईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । एक पद उपाध्यक्षका लागि खालि राखी नयाँ जिल्ला कार्य समिति घोषण गरीको कार्यक्रम सञ्चालनक माण्डुपाले जानकारी दिएका छन् । १ नं. प्रदेश समिति कोषाध्यक्ष केशरमान गुरुङ्गले कार्यक्रममा स्वागत मन्तव्य  गर्नुभएको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png