शुक्रबार, २९ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २९ साउन २०८३

बाजुरामा पहिरो थप विवरण : बेपत्ता थापा मृत फेला

https://jawaaf.com/storage/01KZZA9M0XK2PH0HA2S405ZVM9.jpeg

बाजुरा । बाजुरामा पहिरोमा परि बेपत्ता भएकी प्रतीक्षा थापा मृत भेटिएकी छन् । पहिरोमा परेर बेपत्ता भएकी २० वर्षीय प्रतीक्षा थापाको खोजतलास गर्ने क्रममा मृत भेटिएकी हुन् ।

पहिराले पुरिएको अवस्थामा उनको शव भेटिएपछि गाउँ शोकाकुल बनेको छ।अविरल वर्षाले गर्दा बाजुराको त्रिवेणी नगरपालिका ताम्सुमा घर माथिबाट पहिरो गएको थियो।पहिरोमा परेर सोही ठाउँ बस्ने धौली देवी रावल र अन्दाजी ४० वर्षका धर्म थापा घाइते भएका थिए ।

घाइते भएकाहरूलाई उपचारको लागी जिल्ला अस्पताल ल्याइएको छ । बिहीबार राति देखिको अविरल वर्षापछि ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) शैलेश्वरी बोहराको कमान्डमा १७ जना प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटिएको थियो ।

पहिरोका कारण गाउँ थप जोखिममा देखिएको छ । पहिरोको अवस्था, घाइतेको उपचार र उद्धार, तथा क्षति विवरण बुझ्न र सुरक्षित बासका लागि पहल गर्ने बारे जानकारी लिन त्रिवेणी नगरपालिकाका प्रमुख—उपप्रमुखको टोली घटना स्थलमा छन् । बाजुरा प्रहरी प्रमुख, नेपाली सेना,सशस्त्र सबैको टोली उद्धारमा सक्रिय छन् । 

गएरातिको भारी वर्षाले जिल्लाको जनजीवन अस्तव्यस्त र कष्टकर बनेको छ । बुढीगंगामा २ मा घर पसलमा क्षति पुगेको छ । गौमुल—२ मा पनि एक घर भत्किएको छ । पैदल बाटा घाटा अवरुद्ध अवस्थामा छन् । सडक क्षेत्र पनि पहिरो र पानीले ठाउँ ठाउँमा असहज बनेको छ । बाजुरामा बर्सेनि अविरल वर्षापछि बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png