त्रिपुरेश्वरमा बसमा आगलागी : छानविन समिति बन्यो
काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो ।
बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । समितिलाई पाँच दिनको समय दिइएको छ ।
सोमबार दिउँसो साढे १२ बजेतिर भक्तपुरबाट थानकोट जाने क्रममा बसमा आगलागी भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन् । उनलाइ उपचारका लागि बर्न अस्पताल कीर्तिपुर लगिएको सुवेदीले बताए । उनको अवस्था गम्भीर छ ।
गाडीमा आगो लाग्नुको कारण खोजी भइरहेको एसपी सुवेदीले बताए ।
साथै एक प्रत्यक्षदर्शीका अनुसार बस आगलागी भएको देखिएपनि कारण खुल्न सकेको छैन् ।
कसरी आगलागी भयो भन्नेबारे थाहा नभएको ति प्रत्यक्षदर्शीले बताए ।
ड्राइभरको सिट नजिकैबाट आगलागी भएको देखिएको उनले बताए । आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरणसमेत आउन बाँकी रहेको छ ।
सम्बन्धित खबर