मङ्गलबार, ०६ असोज २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०६ असोज २०८३

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

https://jawaaf.com/storage/01M33ZBXSCFY25H70RB8DTGZMJ.jpg

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार चालकको मृत्यु भइसकेकाले उनको पहिचना र बतनबारे आवश्यक अनुसन्धान भइरहेको छ । 

‘मृतकका आफन्तहरु पनि सम्पर्क आउनुभएको छैन् । हिजो सम्पर्कमा आउनुभएका व्यक्तिहरुपनि आज सम्पर्कविहीन हुनुहुन्छ । हामी निरन्तर अध्ययनमा छौं, आज दिनभरमा पहिचान पत्ता लगाउने छौं,’ सुवेदीले भने । 

जलेका व्यक्तिको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले उनी काभ्रेका २५ वर्षीय दावा लामा रहेको भएपनि दावा लामा भन्ने व्यक्तिले आफू सकुशल रहेको सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानलाई थप तिब्र बनाएको छ ।

सामाजिक संजालमा आफूलाई दावा लामा भन्ने व्यक्तिलाई प्रहरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ बोलाएको साथै बससँग सम्बन्धित व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक आगलागी भएको थियो ।

बसमा आगो लाग्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो । चालकले बोकेको लाइसेन्सका आधारमा प्रहरीले मिडियामा सूचना दिएको थियो तर लाइसेन्स दुरुपयोगको भएको अनुमान गरिएको छ ।

आगलागीमा घाइते भएका चालकको सोमबार साँझ नै कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

/frontend/images/redline.png