सोमबार, ०९ कात्तिक २०८३

/frontend/images/redline.png
हेमन्त केसी
हेमन्त केसी
प्रकाशित मितिः शनिबार, ०७ कात्तिक २०८३

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका (तस्बिरहरु)

https://jawaaf.com/storage/01M5NW2GA8V91WA9HCCFCJKMAX.jpeg
तस्बिर : हेमन्त केसी

सुर्खेत । चारैतिर पहाड र डाँडाकाँडाले अँगालो हालेको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ । उपत्यकाको समथर फाँटमा लहलह झुलेका धानका बाला, हावासँगै लहराउने बाली र क्षितिजसम्म फैलिएको पहेँलपुर दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काएको छ ।

photo-6_8052010c-150kb.jpeg 148 KB

मानौँ, प्रकृतिले हरिया पहाडको काखमा सुनौलो गलैँचा बिछ्याएर वीरेन्द्रनगरलाई सिँगारेकी छन् । वर्षभरि पसिना बगाएका किसानका खेतमा धानका बाला पाकेका छन्। 

photo-9_c4092cf8-150kb.jpeg 148 KB

बाली भित्र्याउने दिन नजिकिँदै गर्दा खेतबारीमा आशा, खुसी र मेहनतको मीठो प्रतिफल झल्किन थालेको छ । केही दिनभित्रै किसानहरू पाकेको धान भित्र्याउन व्यस्त हुनेछन् ।

photo-5_95deb540-150kb.jpeg 148 KB

पहाडको हरियाली र खेतको सुनौलोपनबीच सजिएको वीरेन्द्रनगर उपत्यकाको यो दृश्यले प्रकृतिको सुन्दरता मात्रै होइन, कृषि र किसानको जीवनसँग जोडिएको समृद्धिको कथा पनि सुनाइरहेको छ ।

photo-2_7194fdc3-150kb (1).jpeg 148 KB

सम्बन्धित खबर

/frontend/images/redline.png