सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
निरोज कोइराला
निरोज कोइराला
प्रकाशित मितिः मङ्गलबार, १७ कात्तिक २०८३

श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती

https://jawaaf.com/storage/01M6FXVSJK4FNFK4BW83T27RX9.avif

भोजपुर । श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा ‘श्रम ब्रिगेड’ गठन गरेको छ । पार्टीको षडानन्द नगर कार्यसमितिले घोषणा गरेको श्रम ब्रिगेडको संयोजकमा रजत किराती रहेका छन् ।

के हो त श्रम ब्रिगेडको अवधारणा ?

श्रम ब्रिगेड दक्ष श्रमदाताहरूको छरितो र प्राविधिक टिम हो। यस टिमसँग आवश्यक प्राविधिक ज्ञान, सीप र उपकरणहरू हुनेछन् । सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या उत्पन्न हुँदा लामो प्रशासनिक प्रक्रियामा अल्झिनुभन्दा तत्काल परिचालन भएर मर्मत तथा व्यवस्थापनमा सहयोग पु¥याउनु यसको मुख्य अवधारणा हो ।

श्रम ब्रिगेडको संरचना र कार्यक्षेत्र

क्लस्टर निर्माण : दुईदेखि तीनवटा वडाका श्रमदाताहरूलाई समेटेर नगरभित्र ५–६ वटा क्लस्टर निर्माण गरिनेछ।

संयोजकको व्यवस्था प्रत्येक क्लस्टरका संयोजक नगर श्रम ब्रिगेडका पदेन सदस्य रहनेछन्।

तत्काल परिचालन : सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या देखिएमा आवश्यक जनशक्ति र उपकरणसहित तत्काल परिचालन हुने व्यवस्था गरिनेछ।

मुख्य कार्यक्षेत्र : श्रमदान, विपद् व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्ने ।

श्रम संस्कृति पार्टीले स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेको अवस्थामा श्रम ब्रिगेडलाई नगरपालिकाको ‘फ्ल्यागसिप’ कार्यक्रमका रूपमा सञ्चालन गर्ने अवधारणा अघि सारेको छ।

श्रमलाई सम्मान, सीपलाई उपयोग र सामूहिक प्रयासमार्फत सार्वजनिक सेवा तथा विकास निर्माणलाई प्रभावकारी बनाउने उद्देश्यसहित श्रम ब्रिगेडको अवधारणा अघि सारिएको षडानन्द नगर कार्यसमितिले जनाएको छ।

भोजपुरका नौ वटै पालिकामा श्रम संस्कृतिको स्थापना दिवस                               

भोजपुर जिल्लाका ९ वटै स्थानीय तहमा श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । पार्टी स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा जिल्लाका सबै स्थानीय तहमा श्रमदान अभियानसँगै कोणसभाको आयोजना गरी स्थापना दिवस मनाइएको हो।

स्थापना दिवसका अवसरमा आयोजित श्रमदान अभियानमार्फत सामूहिक श्रम र सामाजिक सेवाको सन्देश प्रवाह गरिएको थियो। त्यसै गरी आयोजित कोणसभामा पार्टीको एकवर्षे यात्रा, उद्देश्य तथा आगामी गतिविधिका विषयमा चर्चा गरिएको थियो।

photo-1_a6ee5719.jpg 199.2 KB

जिल्लाका ९ वटै स्थानीय तहमा एकैसाथ स्थापना दिवस मनाउँदै पार्टीले आफ्नो सङ्गठनात्मक गतिविधिलाई समेत अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

/frontend/images/redline.png