सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, १८ कात्तिक २०८३

नयाँ आईजीपीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न

https://jawaaf.com/storage/01M6KCTFB4HQYNHQX86E7K0T3V.jpg

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै डा. केसीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पिने निर्णय गरेको थियो । 

नयाँ आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा यसपटक पुरानो अभ्याससमेत परिवर्तन भएको छ । यसअघि नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दज्र्यानी चिह्न लगाइदिने परम्परा रहँदै आएको थियो । तर, यसपटक गृहमन्त्री गुरुङ आफैँले नवनियुक्त आईजीपीलाई दज्र्यानी चिह्न लगाइदिएका हुन् ।

कार्यक्रममा निवर्तमान आईजीपी दानबहादुर कार्की भने अनुपस्थित थिए । यसैबीच, सरकारले निवर्तमान आईजीपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png