बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, १७ जेठ २०८१

बर्दिबासबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

https://jawaaf.com/storage/01HZ4SH5GWVFF14EBAXYW9AD4Y.jpg

काठमाडौँ, १७ जेठ I बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीको गोलन्जोर वडा नं ७ मा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५ः३० बजे आसपासमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बस सडकबाट १० मिटर तल खसेको थियो । बसमा २८ जना सवार थिए । प्रहरीका अनुसार घाइतेहरुको उद्धार गरी स्थानीय खुर्कोटको सुनकोशी सामुदायिक अस्पताल र नवजीवन अस्पतालमा उपचार भइरहेको छ । हाल प्रहरी घटनास्थलमा खटिइसकेको र उद्धार जारी रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png