बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१

चार दिनदेखि युवक सम्पर्कविहीन

https://jawaaf.com/storage/01HZ8RG9G85BV2PKT1J4PZ4EJR.jpg

मनाङ, १९ जेठ  I मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।  

तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ । 

प्रजिअ लामिछानेले भन्नुभयो, “ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ ।”

सम्बन्धित खबर

/frontend/images/redline.png