बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१

यार्सा टिप्न गएका युवकको लडेर मृत्यु

https://jawaaf.com/storage/01HZ9JWFHVWZXD701VHPB3A1VP.jpg

खलङ्गा (दार्चुला)१९ जेठ I दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले  बताउनुभयो ।     
     
अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका कार्कीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।     
 

सम्बन्धित खबर

/frontend/images/redline.png