वैशाख २९ देखि दोस्रो अल्फा विटा ओपन बास्केटबल हुने
धरान बास्केटबल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा दोस्रो अल्फा बिटा ओपन महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा यही वैशाख २९ गते देखि सुरु हुन लागेको प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ८ टिमले सहभागिता जनाउने मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराए ।
प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि व्यक्तिगत विद्या तर्फ प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा बिटा निःशुल्क छात्रवृत प्राप्त गर्नेछ ।
प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल म्याच अघि प्रकाश पौडेल थी्र पोइन्ट कम्पिटिसन हुने भएको छ । खेलाडीहरूको हौसला बढाउन पूर्व बास्केटबल खेलाडी तथा चर्चित गायक प्रकाश पौडेलको प्रायोजनमा थी्र पइन्ट कम्पिटिसन हुन लागेका हुन ।
थी्र पइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनही ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पूर्ण खेल धरान १६ स्थित धरान रङ्गशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगितामा धरान, भापा, मोरङ, इलाम, उदयपुर, धनकुटा लगायत जिल्ला वाट सहभागिता जनाउने छ । प्रतियोगितामा धरान २ स्थित अल्फा बिटा कोयला एजुकेशन कन्सलटेन्ट मुख्य प्रायोजकको रूपमा रहेको छ । अल्फा बिटाले स्वदेशी तथा वैदेशिक अध्ययनका लागि परामर्श गर्नुका साथै अध्ययनका लागि तयारी कक्षा सञ्चालन गर्दछ ।
सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदिको अध्यक्षतामा अल्फा बिटाको सभा हलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका केन्द्रीय सदस्य रोशन राई, सुनसरी बास्केटवलका उपाध्यक्ष तथा धरान १० न. वडाका वडाध्यक्ष विवेक राई, अल्फा बिटाका प्रोप्राइटर सन्जिव बान्तावा, अग्रज पत्रकार हर्ष सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर

