बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २२ जेठ २०८१

सुनको भाउ निरन्तर उकालोतिर

https://jawaaf.com/storage/01HZH898M0C77BMRPB4B3T505E.jpg

काठमाडौँ, २२ जेठ I स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु एक लाख ४२ हजार सात सयमा खरिद–बिक्री भएको छ ।

यसैगरी, तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख ४० हजार तीन सयमा कारोबार भएकामा आज त्यतिनै तौलको तेजाबी सुनको मूल्य रु एक लाख ४२ हजार निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ३५ मा एक तोला चाँदी बिक्री भएको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png