बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २८ जेठ २०८१

उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु

https://jawaaf.com/storage/01J00TD6YWDJDQK226A8JN1A3G.jpg

चैनपुर (बझाङ), २८ जेठ I विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा आज बझाङमा डुबेर एक  प्रहरी जवानको मृत्यु भएको छ । 

सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र प्रहरी बलका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक भरत शाहका अनुसार केदारस्यूँ गाउँपालिका–७ खिकीरीका बासिन्दा समेत रहनुभएका उहाँको अभ्यासको क्रममा सेती नदीको बीच भागमा खसेर ज्यान गएको हो । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला रेडक्रस र नेपाली सेनाले आज यहाँ संयुक्तरुपमा प्राकृतिक विपदका बेला बाढीमा फसेकाहरुको उद्धार सम्बन्धि नमुना अभ्यास देखाएको थियो । सोही क्रममा धामी डुबेर बेहोस भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेहोस भएका उनलाई जिल्ला अस्पताल लगिए पनि बचाउन भने सकिएन । 

सम्बन्धित खबर

/frontend/images/redline.png