बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २८ जेठ २०८१

एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल

https://jawaaf.com/storage/01J00TM4J0BZCQDG6PJ53GH237.jpg

अर्घाखाँची, २८ जेठ I नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल निर्वाचित हुनुभएको छ । सन्धिखर्कमा भएको नवौँ जिल्ला अधिवेशनले आज पिताम्बर भुसालको नेतृत्वमा ८७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । भुसाल आठौँ जिल्ला अधिवेशनमा पनि सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको थियो । दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो ।

उपाध्यक्षमा शम्भुप्रसाद पोख्रेल, सचिवमा तोजबहादुर रायमाझी  उपसचिवमा खगेश्वर पन्थी र शिवकला विक निर्वाचित हुनुभएको छ । केही पदका लागि निर्वाचन र केही सर्वसम्मत गरी ८७ सदस्यीय जिल्ला कमिटी निर्माण भएको निर्वाचन समितिले जनाएको छ । 

सम्बन्धित खबर

/frontend/images/redline.png