शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ३० जेठ २०८१

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला

https://jawaaf.com/storage/01J056Q0M3FPQDBMGKTX0H6HPJ.png

काठमाडौँ, ३० जेठ I अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवद्र्धन गर्न पर्सी शुक्रबार देखि यहाँ १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । 

‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा  हुन लागेको मेलामा १६ देशका एक सय ५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने उक्त संस्थाका सञ्चालक विष्णु पाण्डेले  बताउनुभयो । “ मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो ।

मेलामा नेपालसहित भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् । यसैगरी मेलामा सातवटै प्रदेशका  स्टल पनि राखिने छ । स्थानीय भृकुटीमण्डपमा आयोजना हुने मेलामा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले सहयोग गरेका सञ्चालक पाण्डेले बताउनुभयो । 

सम्बन्धित खबर

/frontend/images/redline.png