बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ०३ असार २०८१

भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै

https://jawaaf.com/storage/01J0K1BKPREJ2P21Z39M26GGW3.jpg

भोजपुर, ३ असार  I भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको छ । यसअघि कच्ची सडकका कारण स्थानीयवासीले सास्ती पाउने गरेका थिए ।   
  
आठ किलोमिटर सडकमध्ये पाँच किलोमिटर स्तरोन्नति गर्न थालिएको हो । गाउँपालिकाबाट विनियोजन गरिएको रु एक करोड बजेटबाट उक्त सडक स्तरोन्नति गर्ने काम भइरहेको अरुण–५ का वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । वडाको गौरवको योजनाको रुपमा रहेको उक्त सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ ।   
  
“सडकलाई बाह्रैमास सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ”, वडाध्यक्ष थापाले भन्नुभयो । वर्षात्मा आवतजावत गर्न समस्या भएपछि यसअघि वडाले रु १५ लाख बजेट विनियोजन गरेर भोजपुर–लेगुवा सडकको शून्य विन्दुबाट करिब तीन किलोमिटर सडक स्तरोन्नति गरिएको उहाँले बताउनुभयो ।   
  
“सडक स्तरोन्नति गरिएपछि बाह्रैमास यातायातका साधन सञ्चालन गर्न सकिने छ”, उहाँले भन्नुभयो । चट्टान हटाउने, सडक चौडा बनाउने, सतह मिलाउने, मोड मिलाउने, ग्याबिन जाली भर्ने, नाली कटाउने, पर्खाल लगाउने, ढलान गर्नेलगायतको काम भइरहेको छ । सडक स्तरोन्नति गरिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावत गर्न सहज हुने स्थानीय केदारप्रसाद अधिकारीले बताउनुभयो । स्तरोन्नति गरिएपछि भोजपुरको सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटा हुँदै तराईका जिल्ला प्रवेश गर्न सहज हुने छ ।  

सम्बन्धित खबर

/frontend/images/redline.png