शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, १८ असोज २०८१

रास्वपाद्वारा सरकारको ध्यानार्कषण

https://jawaaf.com/storage/01J9BX91N952AWQKA9SQ639SYM.png

Advertisement

काठमाडौँ, १८ असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिरोबाट प्रभावित नागढुङ्गादेखि मुग्लिनसम्म मोबाइल नेटवर्कको समस्या समाधान गरिदिन सरकारसँग माग गरेको छ । 

 रास्वपाको उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोरप्रसाद अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आज ध्यानार्कषणपत्र बुझाउँदै अस्थायी समाधानका लागि ‘मोबाइल भ्यान’को विकल्पबारे अवगत गराउनुभएको हो ।

Advertisement


 प्राकृतिक विपद्ले पृथ्वी राजमार्गअन्तर्गत नागढु्ङ्गादेखि मुग्लिनसम्म धेरै स्थानमा पहिरोका कारण बाटो एकतर्फी मात्र सञ्चालनमा रहेको उल्लेख गर्दै सांसद अर्यालले तत्काल सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिन आग्रह गर्नुभयो ।

 “यी क्षेत्रमा माेबाइलको नेटवर्क नचल्ने समस्या भएकाले यात्रुहरु आफन्तजनसँग सम्पर्क विच्छेदको अवस्थामा छन्”, ध्यानार्कषणपत्रमा भनिएको छ, “यसका लागि तुरून्त सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिनहुन अनुरोध छ ।”


Advertisement

सम्बन्धित खबर

/frontend/images/redline.png