बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
प्रमिला कार्की
प्रमिला कार्की
प्रकाशित मितिः शुक्रबार, ०२ फागुन २०८१

कलाकार भन्छन् : भ्यालेन्टाइन मनाउने कुनै विशेष दिन कुर्नु पर्दैन्

https://jawaaf.com/storage/01JM1DNMACNE0SKG8NQVF9HS14.avif

काठमाडौँ । नेपालसहित विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । नेपालमा पनि पर्वकै रूपमा मनाउने चलन बढ्दै गइरहेको छ । विशेषगरी युवावर्गले यसलाई उत्सव वा पर्वकै रूपमा मनाउने गरेका छन् ।

यस दिन प्रेमी प्रेमिकाले एकार्कालाई विभिन्न उपहारहरू दिएर माया दर्साउने र आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्तावसमेत राख्ने प्रचलन छ । विशेषगरी प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे भन्ने वित्तिकै प्रेमील जोडीहरुले मात्र मनाउने भन्ने जनमानसमा बुझाई छ । तर प्रेम दिवस केवल दुई प्रेमीको लागि मात्र नभएर आफ्नो परिवारसँग माया साटासाट गर्ने अवसरका रूपमा लिने गरिएको मिस नेपाल एवम् नायिका नम्रता श्रेष्ठ बताउँछिन् ।

पछिल्लो समय प्रेम दिवस परसंस्कृति भएकाले यसका नाममा विकृति बढेको गुनासोहरू पनि धेरै आउने गरेको छ । तर श्रेष्ठले यस दिनका राम्रा र नराम्रा कुराहरू भएपनि सबैले त्यसलाई कन्ट्रोल वा ब्यालेन्स गर्नुपर्ने बताइन् ।

Pathivara_Adv..gif 182.28 KB

उनले भनिन्,‘मेरो सर्कलमा भ्यालेन्टाइन डे मनाएको देखेको छैन् । विभिन्न व्यावसायिक ब्राण्डहरूले सोही अनुसारको स्कीम ल्याएर फाइदा लिने गरेका छन् । भ्यालेन्टाइन डे स्पेसल अफर भनेको आफ्नो व्यापार राम्रो गरिरहनु भएको होला । अब प्रेम दिवस मनाउने भनेको प्रेम गर्ने मान्छेहरूसँग मनाउने होला । पार्टनर, श्रीमान, श्रीमती वा परिवार सबै मिलेर पनि मनाउन सकिन्छ । कन्ट्रोल र ब्यालेन्स गर्नुपर्छ  ।’

त्यस्तै नायक तथा निर्माता सलोन बस्नेतले आफूले पनि प्रेम दिवस मनाउदैँ आइरहेको भन्दै प्रेम दिवसको नाममा विकृति भयो भन्ने भन्दा पनि राम्रो तरिकाले मनाउन काशिस गर्नुपर्ने बताए  । यदी प्रेम दिवसलाई राम्रो तरिकाले मनाउने हो भने माया अझ धेरै गाढा हुने दिन भएको उनी बताउँछन् ।

AS.gif 486.54 KB

अभिनेता अंकित खड्का आफूले कहिल्यै पनि प्रेम दिवस नमनाएको र मनाउन आवश्यक पनि नलाग्ने बताउँछन् । झकिझकाउका साथ भ्यालेन्टाइन डे मनाउँदै गर्दा विकृति पैदा चाही नगर्न आग्रह गर्दै उनले भने,‘म प्रेम दिवस कहिले पनि मनाउने गरेको छैन् । मनाउनको लागि आवश्यक पनि लाग्दैन् । संस्कृति लिनु राम्रो हो तर कुन लिने कुन नलिने भन्ने कुरा हुन्छ । हामीले के चाही भुल्न हुँदैन् भने हामी भ्यालेन्टाइन डे झकिझकाउका साथ मनाउँछौँ । मनाउनुहोस् पनि तर कसरी मनाउने हो । प्रेम दिवको निहूमा विकृति पैदा चाही नगर्नुहोस् ।’

SathyaShishu_School.gif 386.43 KB

अभिनेत्री सरिना मगर पनि आफूले अहिलेसम्म प्रेम दिवस नमनाएको भन्दै माया गर्नको लागि प्रेम दिवस नै कुरिराख्न नपर्ने बताइन् ।

उनले भनिन्,‘अहिलेसम्म मैले भ्यालेन्टाइन डे मनाएको छैन् । यो हाम्रा लागि हो जस्तो नै लाग्दैन् । आफूमा र आफ्नो हेर्ने नजरमा भरपर्ने कुरा हो । यसले खासै विकृति फैलिएको जस्तो चाही लाग्दैन् । आफ्नो इच्छाको कुरा पनि हो । कसैले हरेक दिन भ्यालेन्टाइन डे मनाइरहेके हुन्छ । नमनाउनेले कहिले पनि मनाउँदैनन् ।’

Bantawa Hardware.gif 828.52 KB

सम्बन्धित खबर

/frontend/images/redline.png