सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतवार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो ।
जसअनुसार आइतवार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भैइरहेको छ ।
सम्बन्धित खबर
