सोमबार, ०९ कात्तिक २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ३० असोज २०८३

दशैँ–तिहारमा अलैँची टिप्न चटारो : दिनभर बगानमा रातभर भट्टीमा

https://jawaaf.com/storage/01M526GN8GBGQ72SVM3F191ZP5.jpg

ताप्लेजुङ । यतिबेला दशै सुरुवात भईसक्यो तर ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाईको मुख्य सिजन चलिरहेका बेला उनीहरू दशैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि अलैँची भट्टीमै बस्ने थालेका छन् ।

photo-1_78fd0c81-150kb (1).jpg 148 KB

फक्ताङलुङ गाउँपालिका–६ का किसान विर्ख लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । 

अलैँची टिप्ने समय बित्यो भने वर्षभरको मेहेनत मुसा, तथा अन्य जंगली जनावरहरुले खाई दिने भएकाले यतिबेले किसानहरु अलैची बगानमै व्यस्त भएको लिम्बूले बताए । 

फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा झन करिब करिब एक महिनादेखि बगानमै बसिरहेका छन । दशैँ त्यहीँ अलैँची बगानमै मनाउने तयारी गरेका हुनुहुन्छ । ‘४० वर्षदेखि अलैँची खेती गरिरहेको छु,’ शेर्पाले भने,‘छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ ।’

photo-3_c9c39e5c-150kb.jpg 148 KB

शेर्पाको ८० रोपनी क्षेत्रफलमा अलैची बगान विस्तार गरेका छन् । टिपाईपछि छोडाउने, सुकाउने र भट्टीमा अलैँची सुकाउँने कार्य हुने गर्दछ । 

ताप्लेजुङमा बेशी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मंसिरसम्म अलैँची टिपाइ हुने गर्दछ । जिल्लाका नौं स्थानीय तहमध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुन्छ । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ ।

photo-2_48e240f9-150kb (1).jpg 148 KB

अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ । शुक्रबार(आज)ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य ८८ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रविर रेग्मीले बताए । 

अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ । बगानमा काम गर्ने मजदुरले दैनिक ५०० देखि ८०० रुपैयाँसम्म ज्याला पाउँछन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png