सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, १५ फागुन २०८१

पाथीभरा आन्दोलनमा भएको दमनविरुद्ध उत्रिन राजेन्द्र महतोको आह्वान

https://jawaaf.com/storage/01JN3E4WRDT5KZ724Y87YX93XQ.avif

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गरिएको छ । विहीवार पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

सम्मेलनमा अध्यक्ष महतोले मुकुम्लुङ (पाथीभरा) संघर्षमा  राज्यद्धारा दमन, अन्याय विरुद्ध सङ्घर्ष मार्फत प्रतिरोध गर्न आह्वान गरेका छन् ।

उनले सरकारबाट स्थानीय राई, लिम्बु समुदायहरूमाथि जातीय संहार गरेर मानव अपराध गरेको बताए ।

उनले भने,‘मुकुम्लुङ (पाथीभरा) सङ्घर्षको आन्दोलनमा मुकुम्लुङ बचाउ पद यात्रा पश्चात् फागुन ८, ९ र १० गते  राज्यद्वारा गरिएको निर्मम दमनले लिम्बुहरूमाथिको जातीय संहार अर्थात् मानव विरुद्धको अपराध साबित भएको छ । प्रहरीको ज्यादती प्रतिकार, आन्दोलनकारीमाथिको व्यवहार, झुटा मुद्दा, घरघरमा धरपकड, बेरोजगारीले राज्यको एकल नीति उजागर गर्दछ । भूमि रक्षक लिम्बुवान जनताहरू शान्तिपूर्ण प्रतिरोध गर्नुलाई अपराध करार गरेर झुटा मुद्दा चलाउने र तर्साउने काम निरन्तर भइरहेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल यस्तो अन्याय, दमन विरुद्ध घोर भर्सना गर्दै आन्दोलनकारीको तत्काल रिहाइ र प्रहरी प्रमुखमाथि कारबाही एवम् सरकारको निरङ्कुशता विरुद्ध सङ्घर्षमा आउन सम्पूर्ण न्यायप्रेमी नेपाली जनतलाई आह्वान गर्दछौ ।’

अध्यक्ष महतोले राज्यको चरित्रमाथि प्रश्न उठाउँदै देशलाई एकल चिन्तन सोचबाट चलाउने प्रयास गरिएको बताए ।  

सम्बन्धित खबर

/frontend/images/redline.png