बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, १८ फागुन २०८१

एमालेको जनसंगठनमा अब स्थायी कमिटीको अन्त्य

https://jawaaf.com/storage/01JNBH7S0CR7ZDCJ4A70W09WEX.avif

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेले जनसंगठनलाई व्यवस्थित गर्न  कमिटीको आकार सानो बनाउने बताएका छन् । आइतवार बसेको एमाले सचिवालय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनसंगठनमा केन्द्रीय कमिटी र सचिवालय मात्र रहने गरी नियमावलीको संशोधन गर्ने प्रस्ताव स्वीकृत भएको बताएका हुन् । 

उनले भने, ‘जनसंगठनमा केन्द्रीय कमिटी, सचिवालय,र स्थायी कमिटीको व्यवस्था थियो । अब स्थायी कमिटीको अन्त्य गरी केन्द्रीय समिति र सचिवालय मात्र राख्ने र कमिटीको आकार घटाउने साथै पदाधिकारीको सङ्ख्या कम गर्ने प्रस्ताव आजको बैठकले स्वीकृत गरेको छ ।’

यसको साथै, उनले विदेश भ्रमणको सन्दर्भमा विदेश भ्रमण जानु पूर्व पार्टीसँग अनुमति लिनुपर्ने र आइसकेपछि व्यवस्थित तरिकाले रिपोर्ट राख्नुपर्ने निर्णय भएको पनि बताए ।

बैठकमा ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभराको केवलकार विवादको सन्दर्भमा स्थानीय जनप्रतिनिधिहरू, स्थानीय प्रशासन र सरोकारवालाहरूसँग छलफलगरी केवलकार निमार्णको प्रक्रियालाई अगाडि बढाउन चासो राखेको पनि बताए ।

Bantawa Hardware.gif 828.52 KB

सम्बन्धित खबर

/frontend/images/redline.png