बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २४ फागुन २०८१

पूर्व राजालाई पाटी खोल्न प्रचण्डको सुझाव

https://jawaaf.com/storage/01JNSZCZV9MYXA3VKDS664Q0T7.jpg

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजालाई राजनिति गर्न मन लागेको भए पाटी खोल्न सुझाव दिएका छन । 

जनताको उदारतालाई कमजोरी सम्झेर पूर्व राजा ज्ञानेन्द्र शाहले राजनिति गर्न खोजेको भए पाटी खोलेर चुनाव लडन आए हुने उनको तर्क छ । 

नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत रौतहटमा आइपुगेका अध्यक्ष प्रचण्डले पाटी खोल्न र चुनाव लडने अधिकार संविधानले दिएकोले चुनाव जितेर आउन सकिने बताए । 

यदपि जवरर्जस्ती गर्न खोजीयो भने जनतालाइ सैह्य नहुने उनले धारण  राखे । यस अघि पनि ज्ञानेन्द्रले मुर्खता गरेको उल्लेख गर्दै उनले अब फेरि अर्को मुर्खता गरेर गल्ती नगर्न उनले चेतावनी दिए । 

पूर्व प्रधानमन्त्री समेत  रहेका प्रचण्डले सरकार उल्टो उल्टो गर्दै हिड्को टिप्पणी गरेका छन । देशको लागि राम्रो नभएको उनको भनाइ छ  । एक फरक प्रसङमा अध्यक्ष प्रचण्डले गरुडामा रहेको श्री राम सुगर मिल संचालनमा ल्याउनु पर्ने र यसका लागि आफू र आफ्न्नो पाटी तयार रहेको बताए । 

प्रचण्ड सहितका माओवादी नेताले गरुडा नगरपालिकामा शनिबार मर्निङवाकसँगै आजको अभियान सुरु गरेका हन्।मर्निङवाकपछि प्रचण्डले क्याम्पस रोड मेथुरमा स्थानीयसँग छलफल तथा अन्तरक्रिया गरेका छन् । फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै शुक्रबार साँझ रौतहट प्रवेश गरेको हो । 

यो अभियानका टोली गएराति गरूडामा नै बास बसेको नेकपा माओवादी केन्द्र रौतहटले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png