शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, ०४ वैशाख २०८२

शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक दलहरूकै कारण ढिलाइ भयो : ओली

https://jawaaf.com/storage/01JS1F4PW28NG8V6689VSPJRQA.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग (टीआरसी) मा पदाधिकारी नियुक्ति प्रक्रियामा सरकारले काम गरिरहेको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आयोगहरूमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढेपनि राजनीतिक दलहरूकै कारण ढिलाई भइरहेको बताए ।

उनले भने, ‘नेकपा एमालेले एकल सरकार  बनाएर ऐतिहासिक कामहरू गरिसकेको छ । ति ऐतिहासिक कामहरूबाट ग्रसित अस्तित्व संकटमा परेको महसुस गर्दै एमालेलाई त्यसबेला सरकार बाट विस्थापित गरिएको थियो । तर आज हामी शान्ति स्थापनाको अन्तिमतिर सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन जस्ता आयोगहरूमा पदाधिकारी नियुक्ति गरेर काम अगाडि बढाउने प्रक्रियामा छौं । यसमा ढिलाइ भनेको द्न्दपीतितहरूको कारणले होइन् । राजनीतिक कारणले नै  ढिलाई भएको छ । अब ढिलाई नगर्ने प्रयास जारी राखेका छौं । पीडितहरूको पीडा हामीले बुझेका छौँ । जेल–नेल भोगेर आएकाले पीडा कस्तो हुन्छ हामीलाई थाहा छ ।’

साथै उनले शान्ति प्रक्रियालाई अन्तिम रूप दिँदा द्न्द्पीडितहरू सबैलाई न्याय दिने अहिलेको आयोगहरूको उदेश्य रहेको बताए । उनले आयोगमार्फत काम गरेर  पीडितहरूलाई न्याय दिएर सङ्क्रमणकालीन न्याय दिनका लागि आयोगहरूलाई सक्रिय बनाइने र सबै पीडितहरूलाई न्याय दिइने बताए ।

सम्बन्धित खबर

/frontend/images/redline.png