बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०९ वैशाख २०८२

एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य

https://jawaaf.com/storage/01JSE6ZKG37HG2EDNNHRRSZPYW.webp

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि हिजो सोमबार सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png