आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, १४ वैशाख २०८२

‘सिटामोल’ निर्माता म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक

https://jawaaf.com/storage/01JSVFPK09RFQ2CGPY24Z2M2XM.jpg

काठमाडौं ।  आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माता भूगोल कुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गत शुक्रवार सार्वजनिक ‘दुरी मलाई हुनु छैन्’ गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन् ।

वरिष्ठ गीतकार हरिभत्त बुढाथोकीको शब्द रचना रहेको गीतमा टेक बिसी र सिम्रन परियारको स्वर छ । भिम बिसीको संगीत रहेको गीतलाई केशव बढुले एरेञ्ज गरेका हुन् । गंगा श्रेष्ठ र पुनित मेहताले निर्माण गरेको म्युजिक भिडियोलाई नवराज उप्रेती र टिमले खिचेको हो ।

विशाल कैनीको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png