बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, २४ वैशाख २०८२

आज १ हजार ७ सयले बढ्यो सुनको मूल्य

https://jawaaf.com/storage/01JTMQEJ8P281ZKM2HE3FTB7RJ.jpg

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(बुधबार) छापावाल सुन प्रतितोला १ हजार ७ सयले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि मंगलबार सुन तोलाको एक लाख ८९ हजार ९०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png