बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, १८ जेठ २०८२

मेयर साम्पाङको उद्घोषस् ‘राजा फर्काउने भए किराँतीले पनि आफ्नै राजा फर्काउनुपर्छ’

https://jawaaf.com/storage/01JWMFDV80VSDCR65M2KBXMJ75.jpg

धरान, सुनसरी । किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा जेठ १७ गते शनिवार धरान  १७ स्थित साकेला सांस्कृतिक पार्कमा २०८२ सालको उभौली साकेला समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो शुभकामना मन्तव्यका क्रममा राजतन्त्र पुनर्स्थापनाको चलीरहेको बहसप्रति टिप्पणी गर्दै आफ्नो धारणा राखेका छन् ।

मेयर साम्पाङले यदि व्यवस्था परिवर्तन गरी राजतन्त्र फर्काउने हो भने किराँतीहरूको आफ्नै गौरवशाली इतिहास र राजा यलम्बरको विरासत स्मरण गराउँदै किराँतीहरूले पनि आफ्नै राजा फर्काउनुपर्ने बताए ।

Bantawa Hardware.gif 828.52 KB

समापन समारोहमा मेयर साम्पाङले किराँत संस्कृतिको संरक्षण र सामुदायिक एकताको महत्त्वमाथि विशेष जोड दिन आग्रह गरे। उनले उक्त कार्यक्रमलाई किराँत समुदायको सांस्कृतिक जागरुकताको अनुपम उदाहरणका रूपमा प्रस्तुत गर्दै मानवलाई अन्य जीवबाट अलग गर्ने प्रमुख तत्त्व संस्कृति नै भएको बताए। उनको सम्बोधनका क्रममा ढोलको आवाजलाई समुदायमा एकता र प्रगतिको आह्वानका रूपमा व्याख्या गरे भने मुन्धुमलाई किराँती व्यक्तिको इमान्दारीतापूर्ण वाणी भन्दै समुदायमा इमानदारी कायम राख्न आग्रह गरे।

मेयर साम्पाङले पहिचानको विषयमा बोल्दै राजनीतिक प्रगतिका लागि सांस्कृतिक जागरण आवश्यक रहेको धारणा राखे। परम्परागत सिली नृत्यलाई श्रमको अवधारणासँग जोड्दै उनले सामुदायिक श्रमको महत्त्वबारे जानकारी गराए । 

साथै, उनले विश्वभरका किराँती समुदायको आर्थिक सहयोगमा धरान २० मा सुम्निमा र पारुहाङको मूर्ति निर्माण कार्यहुने जानकारी दिए । त्यसैगरी धरान उपमहानगरपालिकाले विभिन्न भाषाहरूको संरक्षण र प्रवर्धनका लागि बहुभाषिक विद्यालय निर्माण गरिरहेको पनि उनले बताएका थिए ।

Pathiara_adv.gif 586.81 KB

सम्बन्धित खबर

/frontend/images/redline.png