बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, १८ जेठ २०८२

सुनचाँदीको मूल्य सामान्य बढ्यो

https://jawaaf.com/storage/01JWN1H81G2KRY8AVJA5HQXY4H.jpg

काठमाडौं । साताको  पहिलो  कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।

शुक्रबार तोलाको १ लाख ८८ हजार ५ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ८ सयमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png