बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, २१ जेठ २०८२

राजतन्त्र फर्काउने कुरा गोरुगाडा रोज्नु सरह : जसपा अध्यक्ष राई

https://jawaaf.com/storage/01JWXMCBN0DRA2BGMXX2ZMQDV9.jpg

धरान, सुनसरी। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं पूर्व मन्त्री अशोककुमार राईले नेपालमा राजतन्त्रको पुनरुत्थानको बहसलाई प्रतिगामी संज्ञा दिँदै यसलाई गाडी दुर्घटनापछि गोरुगाडा रोज्नु सरहको अविवेकी निर्णय भएको बताएका छन्। आज बुधवार सुनसरीको धरानमा समाजवादी विद्यार्थी युनियनको प्रशिक्षण तथा समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै राईले वर्तमान राजनीतिक समस्याको समाधानका लागि पुरानो व्यवस्थामा फर्कने सोच जनहितविपरीत रहेको बताए।

अध्यक्ष राईले देशमा देखिएका चुनौतीहरू समाधानका लागि जनताले लोकतान्त्रिक विधिबाटै वर्तमान नेता र पार्टीहरूलाई जिम्मेवार बनाउनुपर्छ। उनले भने राजतन्त्र अन्त्यका लागि भएका संघर्षमा हजारौँले बलिदान दिएको, जेल जीवन भोगेको र ज्यान गुमाएको स्मरण गराउँदै आजको लोकतान्त्रिक व्यवस्था तिनै बलिदानको प्रतिफल भएको प्रस्ट्याए।

राजतन्त्रकालका नर्मिता सुनीता काण्ड र पत्रकार पदम ठकुरानीको गोलीकाण्ड जस्ता त्रासदीपूर्ण घटनाहरूलाई उल्लेख गर्दै राईले ती घटना राजतन्त्रकै उपज भएको दाबी गरे। उनले भने, त्यस्ता अमानवीय घटनाहरू अब दोहोरिन दिनु हुँदैन ।

अध्यक्ष राईले राजतन्त्रलाई पुरानो, अनुचित र भ्रष्ट प्रणाली को रूपमा चित्रण गरे। उनका अनुसार, राजतन्त्रमा शक्ति योग्यताका आधारमा नभई वंशका आधारमा हस्तान्तरण हुने विकृति रहेको छ, जुन लोकतान्त्रिक मूल्यमान्यता विपरीत छ।

बैठकमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै राईले अहिलेको युवा पुस्ताले आफ्नो पुस्ताले भोगेको जस्तो कष्टकर संघर्ष भोग्न नपर्ने बताए। उनले युवाहरूलाई आत्मविश्वासी भई देशको नेतृत्व लिन प्रोत्साहित गर्दै जनता समाजवादी पार्टीले उनीहरूलाई पूर्ण साथ र मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Pathiara_adv.gif 586.81 KB

सम्बन्धित खबर

/frontend/images/redline.png