बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २५ जेठ २०८२

निफ्राको ऋणपत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन

https://jawaaf.com/storage/01JX6Y2WPNCGJGJ6QP99WH9E87.jpg

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋण पत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ १८ गतेदेखि  १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८/८९’ नामक ऋणपत्र निष्कासन गरेको थियो ।

यसअघि उक्त ऋणपत्रमा आवेदन दिने अन्तिम दिन जेठ २२ गते तोकिएको भएपनि माग बमोजिम आवेदन नपरेपछि आज सम्मकालागि म्याद थप गरिएको थियो । लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

कुल निष्कासनमध्ये २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ३ अर्बको ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png