शनिबार, २३ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, २९ जेठ २०८२

देशभर छिट्टै मनसुन सक्रिय हुने, चट्याङबाट बच्न रुखमुनि नबस्न आग्रह

https://jawaaf.com/storage/01JXHYSANGW8S4JEH703612QGJ.jpg

काठमाडौँ  । नेपालमा मनसुनी वायु सक्रिय हुने क्रममा रहेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार, पूर्वी नेपालमा मनसुन भित्रिसकेको र अब मध्य तथा पश्चिमी क्षेत्रमा पनि सक्रिय हुँदैछ। यद्यपि, मनसुन सधैँ एकनासको नहुने र कहिलेकाहीँ 'ब्रेक' भई तापक्रम बढ्न सक्ने विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन्।

विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले आगामी २४ घण्टामा देशका धेरै स्थानमा वर्षा हुने र विशेषगरी कोशी, मधेश, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताइन्। यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने तथा अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा बढी मापन हुने सम्भावना रहेको उनको भनाइ छ।

मनसुनको समयमा हुने क्षति न्यूनीकरणका लागि तीनै तहका सरकार र नागरिक स्वयंले जोखिम क्षेत्र पहिचान गरी पूर्वतयारी गर्नुपर्नेमा मौसमविद्हरूले जोड दिएका छन्। साथै, चट्याङबाट बच्नका लागि घरभित्र बस्न र विद्युतीय उपकरण चलाउँदा सावधानी अपनाउन आग्रह गरिएको छ। रुखमुनि बस्ने वा छाता ओड्ने जस्ता प्रचलन चट्याङबाट बच्न गलत रहेको र फलामका वस्तुबाट टाढा रहन तथा जुत्ता चप्पल लगाइरहनुपर्ने सुझाव दिइएको छ।

Pathiara_adv.gif 586.81 KB

सम्बन्धित खबर

/frontend/images/redline.png