ट्रेड टावरको आईपीओ आज बाँडफाँट हुँदै
काठमाडौँ । ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । कुल २१ लाख ७१ हजार १५४ आवेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँट गोलाप्रथा विधिबाट हुनेछ । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा विधिबाट आईपीओ बाँडफाँट हुने भएको हो ।
कम्पनीले गत जेठ १४ देखि २० गते सम्म सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो । मागभन्दा बढी आवेदन परीसकेकाले करिब १७ लाख आवेदकको हात खाली हुने छ ।
सम्बन्धित खबर