बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, ०५ असार २०८२

प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने सिम्रिक एयरको तयारी

https://jawaaf.com/storage/01JY3FX28AQMBBK9NK81B0BXRT.jpg

काठमाडौं । सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि भन्दै असार २५ गते साधारण सभा आयोजना गर्ने जनाएको छ । यसअघि असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको थियो ।

कम्पनीको रजिस्ट्रार कार्यालयमा आयोजना हुने सभामा प्रिमियम आईपीओ जारी गर्ने र बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ । यस्तै आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नुकासाथै लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरू समेत पारित गरिनेछ ।

सम्बन्धित खबर

/frontend/images/redline.png