सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ११ असार २०८२

इटहरीले बजेट सार्वजनिक गर्‍यो, धरानमा विवादले अन्योल

https://jawaaf.com/storage/01JYJH60XZJTSD89XVTRKGS619.jpg

इटहरी । कोशी प्रदेशका दुई उपमहानगरपालिकामध्ये इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो बजेट सार्वजनिक गरेको छ। उता, धरान उपमहानगरपालिका भने आन्तरिक विवाद र असन्तुष्टिका कारण बजेट प्रस्तुत गर्न असमर्थ देखिएको छ, जसले त्यहाँ बजेटमाथि अनिश्चितता बढाएको छ।

इटहरी उपमहानगरपालिकाले २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो। उपप्रमुख संगीता कुमारी चौधरीले मंगलबार (असार १० गते) नगरको १६औँ नगरसभामा यो बजेट प्रस्तुत गर्नु भएको हो । उपप्रमुख चौधरीका अनुसार, यो बजेट स्थानीय जनताका मागहरूलाई सम्बोधन गर्दै इटहरीको समग्र विकासका लागि तर्जुमा गरिएको छ। बजेटमा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिइएको छ।

नगरलाई आकर्षक बनाउने उद्देश्यले सडक सौन्दर्यकरण, रोड फर्निचर स्थापना, र पैदल यात्रुका लागि कोशी राजमार्गमा दुई आकासे पुल निर्माणको योजना समेटिएको छ । इटहरीमा बारम्बार देखिने बाढी तथा डुबान समस्या समाधान गर्न प्रकृतिमा आधारित मोडलबाट बाढी नियन्त्रणको योजना अघि सारिएको छ । 

यस वर्षको इटहरीको बजेट गत वर्षको तुलनामा १ अर्ब २ करोड रुपैयाँले घटेको छ। चालू आर्थिक वर्षमा इटहरीको बजेट ३ अर्ब ५७ करोड ८४ लाख रुपैयाँ थियो।

धरान उपमहानगरपालिकामा भने मेयर र उपमेयरबीचको विवादका साथै नगरसभा सदस्यहरूको असन्तुष्टिका कारण बजेट प्रस्तुतिमा अन्योलता छाएको छ। मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै लेख्छन् ‘आज असार १० ! आज नगरसभा उद्घाटन गर्नु पर्ने हुन्छ ! सो गरौँ भन्ने मेरो एजेण्डा सहितको २०८२–३–८ गतेको कार्यपालिका वैठकमा विषय प्रवेश अगावै ज्ञापनपत्र सहितको असहमति आएको कारण उद्घाटन गर्न सकिएन ! जय देश ! जय धरान !’

सम्बन्धित खबर

/frontend/images/redline.png