सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, १६ असार २०८२

तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर आज देखि निष्कासनमा

https://jawaaf.com/storage/01JYZMZFKZG6XEQDFS1CTKVMTH.jpg

काठमाण्डौ । तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर आज देखि निष्कासनमा रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरले ४० लाख कित्ता हकप्रद जारी गरेको हो ।

गत जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले आज देखि आगामी साउन ४ गते सम्म हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।  

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गत जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि अनुमती पाएको थियो । यस कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

हकप्रद बिक्रीबाट प्राप्त रकम लाई यसै कम्पनीले प्रवर्धन गरेको क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत् आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने र बाँकी रहेको रकम बैंकको कर्जा तिर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png