आइतबार, २४ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २३ असार २०८२

धरानमा 'माया धराने बेसार उद्योग' को उद्घाटन असार २७ गते, उत्पादन सुरु

https://jawaaf.com/storage/01JZJHZ6WQKY9AXGRRQ9VMXM75.jpg

धरान, असार २३  । धरान उपमहानगरपालिकाको आर्थिक स्वावलम्बन र दिगो विकासको लक्ष्यमा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा स्थापित 'माया धराने बेसार उद्योग' को औपचारिक उद्घाटन यही असार २७ गते हुने भएको छ। धरान-२०, भन्ज्याङस्थित कोकाहा खोला नजिकै निर्माण सम्पन्न भएको यस उद्योगको उद्घाटन नगर प्रमुख हर्क साम्पाङले गर्ने कार्यक्रम तय भएको छ।उद्योगको भौतिक संरचना निर्माण कार्य सम्पन्न भईसकेको छ भने निर्धारित लक्ष्य अनुसार बेसार उत्पादन पनि सुरु भइसकेको छ।

उद्योग सञ्चालनका लागि प्रसाद राईको अध्यक्षतामा १५ सदस्यीय 'माया धराने बेसार उद्योग सञ्चालन समिति' गठन गरिएको छ। समितिका सदस्य समीर तामाङका अनुसार उद्योगले हाल दैनिक ३०० देखि ४०० किलो बेसार उत्पादन गरिरहेको छ।

यो उद्योगले किसानहरूबाट उच्च गुणस्तरको कच्चा बेसार खरिद गरी अत्याधुनिक मेसिनको प्रयोगबाट शतप्रतिशत शुद्ध बेसार उत्पादन गर्ने लक्ष्य लिएको समीर तामाङले बताए। यसबाट स्थानीय किसानहरूले आफ्नो उत्पादनका लागि उचित बजार र प्रतिस्पर्धी मूल्य पाउने सुनिश्चितता भएको छ, जसले उनीहरूको आयस्तरमा प्रत्यक्ष सुधार ल्याउने अपेक्षा गरिएको छ साथै स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

बेसार उद्योगको उद्घाटनपछि धरानमा साबुन उद्योग सञ्चालन गर्ने प्रक्रिया पनि अघि बढाइने जानकारी प्राप्त भएको छ। 'माया धराने बेसार उद्योग' को सफल सञ्चालनले भविष्यमा अन्य स्थानीय स्रोतमा आधारित उद्योगहरूको स्थापनाका लागि पनि उत्साह प्रदान गर्नेछ, जसबाट धरानको आर्थिक आत्मनिर्भरताको मार्ग थप प्रशस्त हुनेछ। सञ्चालक समिति सदस्य समीर तामाङ भन्छन्, “मेयर साम्पाङको दूरदृष्टिले मूर्तरूप लिन थालेको छ।श्रमदानबाट अपार जनमानसको समर्थन पाएका मेयर साम्पाङको यो पहलले स्थानीय अर्थतन्त्रमा नयाँ आयाम थप्नेछ।”

सम्बन्धित खबर

/frontend/images/redline.png