आइतबार, २४ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ३२ असार २०८२

चालु आर्थिक वर्षको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो

https://jawaaf.com/storage/01K08WDWP9BVME89DA7X2Q5PSR.jpg

काठमाडौं ।  चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला २ हजार २ सय ७५रुपैयाँमा कारोवार  भएको चाँदी आज २ हजार २ सय ६० रुपैयाँमा कारोबार भैइरहेको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png