‘नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चापलुसी निषेध गरौँ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले पार्टी केन्द्रीय समितिको निर्णय कार्यान्वयनका लागि सर्तहरू दृढतापूर्वक लागु गर्न आग्रह गरेका छन् ।
आइतवार सामाजिक सञ्जालमार्फत उनले ४ वटा सर्तहरू अघि सार्दै गर्न आग्रह गरेका हुन् । सहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालचत्याग्न तयार हुने,नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चापलुसी गर्ने प्रवृतिलाई निषेध गर्ने लगायतका उनको सर्तहरू छन् ।
यस्तो छन्,सर्तहरू
१.पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाउ ।
२. सहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालचत्याग्न तयार हौँ ।
३. प्रश्नगर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ ।
४. नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चापलुसी गर्ने प्रवृतिलाई निषेध गरौँ ।
सम्बन्धित खबर