नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । सोमबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी १५ रुपैयाँले घटेर आज २३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित खबर