सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०६ भदौ २०८२

माल्टामा कुलमान घिसिङ : “नेपालको रुपान्तरणका लागि सही नेतृत्व आवश्यक”

https://jawaaf.com/storage/01K38NSQ0Y94FYY1NRVYWBKAT1.jpg

माल्टा । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व अपरिहार्य रहेको बताएका छन्।

एनआरएनए माल्टा र तामाङ समाज माल्टाद्वारा आयोजित भेटघाट तथा अन्तरक्रियामा उनले राजनीति सही दिशामा नगएसम्म मुलुकले फड्को मार्न नसक्ने बताए।

घिसिङले मुलुकमा छिटो आर्थिक परिवर्तन गर्न, विदेशिएका नेपालीलाई फर्काउन र रोजगारी सिर्जना गर्न नीति र नेतृत्वमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गरे। उनले ३० वर्षको अनुभवबाट सही नेतृत्वबिना मुलुक अगाडि बढ्न नसक्ने ठहरमा पुगेको बताए।

‘घरघरमा बत्ती पुगेको छ, तर बत्तीको उज्यालो मात्र पुगेर हुँदैन। सुशासन, रोजगारी र समृद्धिको खाका बनाउन उज्यालो नेपाल अभियान सुरु गरिएको हो,’ घिसिङले भने।

उनले विदेशमा रहेका नेपालीलाई समेत नेपालको रुपान्तरणका लागि भूमिका खेल्न आग्रह गर्दै सर्वोच्च अदालतले दिइसकेको निर्देशनअनुसार प्रवासी नेपालीलाई मतदान अधिकार दिन कानून चाँडै बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले घिसिङलाई ‘लोडशेडिङ अन्त्य गरी बिजुली निर्यातसम्म पुर्याएको’ योगदानको प्रशंसा गर्दै असली नेतृत्व समस्याको समाधान देखाउन सक्ने व्यक्तिमा हुने बताए।

कार्यक्रममा घिसिङलाई विशेष कदरपत्रसहित सम्मान गरियो। त्यस्तै, बरिस्ता अफ दि इयर कन्ट्री च्याम्पियन २०२५ उपाधि जितेकी सावित्री तामाङलाई पनि नेपाली समुदायको गौरव बढाएको भन्दै विशेष सम्मान पत्र प्रदान गरिएको थियो।

सम्बन्धित खबर

/frontend/images/redline.png