शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, १२ भदौ २०८२

सुनको मूल्यमा फेरी उच्च रेकर्ड

https://jawaaf.com/storage/01K3QM0652PZ4NCPDFQNZR282Y.jpg

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ । सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँकायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । 
गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो । 
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँ कायम थियो । 

सम्बन्धित खबर

/frontend/images/redline.png