शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, १९ असोज २०८२

एकैदिन ७ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

https://jawaaf.com/storage/01K6SJ8SF6GXRXPDR7VTKRQFQ4.jpg

काठमाडौं । आइतवार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा यो मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढी हो ।

यसअघि दशैं बिदा सुरु हुनुपूर्व असोज १२ गते प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको यो मूल्य नेपाली बजारमा हाल सम्मकै उच्च हो ।

आज चाँदीको भाउ प्रतितोला २ हजार ९३० रुपैयाँ पुगेको छ । यसअघिको कारोबारमा चाँदी प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png