सोमबार, ०५ असोज २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, २९ असोज २०८२

सुनको मूल्य बढ्दा चाँदी घट्यो

https://jawaaf.com/storage/01K7K9G0G5XXM85GS20S51FBW3.jpeg

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेर्कड ब्रेक बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।
आज सुनको मूल्य एकैचोटी ४ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । 
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर ३२ सय ४० रुपैयाँ कारोवार भैइरहेको छ । महासंघका अनुसार मंगलबार चाँदी  तोलामा ३३ सय २५ रुपैयाँमा कारोवार भएको थियो ।  

सम्बन्धित खबर

/frontend/images/redline.png