सोमबार, ०५ असोज २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, २० कात्तिक २०८२

रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुन : जडान

https://jawaaf.com/storage/01K9CAKDQHP29WY7ZJ6VNJ7D51.jpg
फाइल फोटो I

काठमाडौं । सुनसरी स्थित रिलायन्स स्पिनिंग मिल्सले डेडिकेटेड तथा ट्रंक लाइन मार्फत विद्युत् उपभोगबापतको प्रिमियम महसुल बक्यौतामा पहिलो किस्ता बुझाएपछि कम्पनीको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ ।

नेपालय विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बिहीबार पहिलो किस्ता बुझाएपछि रिलायन्सको विद्युत् आपूर्ति पुनः सुचारु गरिएको हो ।

रिलायन्सले लोडसेडिङको अवधिमा, २०७२ माघदेखि २०७५ वैशाखसम्म उपयोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महसुलका रूपमा कुल ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । उक्त बक्यौतामा २८ किस्ता मिलाइएको मध्ये पहिलो किस्ता स्वरूप कम्पनीले २ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

बक्यौता रकम भुक्तानी नियमित रुपमा जारी रहने प्राधिकरणको अपेक्षा रहेको सिलवालले बताएका छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png